माथिल्लो अरुणबाट विश्व बैंकले झिक्यो हात


माथिल्लो अरुणबाट विश्व बैंकले झिक्यो हात

काठमाडौं । १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाबाट विश्व बैंकले हात झिकेको छ । संखुवासभामा निर्माणाधीन सो आयोजनाका लागि विश्व बैंकले ऋण दिने भनी सैद्धान्तिक समझदारी कायम भइसकेको अवस्थामा अन्तिम समयमा आएर हात झिकेको हो ।

स्वदेशी लगानीमा निर्माण गर्ने इच्छा पूरा हुँदै

विश्व बैंकले हात झिक्नुको प्रमुख कारण भारतको असहमति कारक तत्व रहेको अनुमान गरिएको छ । भारतको अरुचि देखिएपछि विश्व बैंकले नेपाललाई ऋण सम्झौतामा कुनै जवाफ नदिईकन बसेको थियो ।

विश्व बैंकले हात झिकेसँगै सो आयोजनाका लागि वित्तीय व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । यद्यपि, ५ वर्षअघि नै नेपालीकै लगानीमा निर्माण गर्ने भनेर विभिन्न चरणमा भएको बैठक अनुरूप जाने सम्भावना बढेको छ ।

Read More