पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशी


पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशी

लामाबगर,दोलखा — असोज १२ गतेको पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र पारिएको छ । पुस १० गतेको समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी सुरु गरिएको छ ।

विद्युत् केन्द्रको २ वटा बालुवा थिग्र्याउने(डिस्यान्डर) पोखरीको मर्मत अन्तिम चरणमा रहेको छ । जसमध्ये बायाँ तर्फको डिस्यान्डर मर्मत सकिए लगत्तै बाँध स्थलबाट सिधै पानी पठाएर विद्युत् उत्पादनको तयारी थालिएको हो ।

Read More