आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर


आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर

सान साल्भाडोर । मध्य अमेरिकी मुलुक एल साल्भाडोर आफ्नो विवादास्पद बिट्क्वाइन नीतिमा कटौती गर्न राजी भएको छ । बहुपक्षीय कर्जादाता निकाय ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’ (आईएफएफ)बाट १ अर्ब ४० करोड डलर बराबरको कर्जा लिन त्यहाँको सरकारले विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनमा लगानीको नीति कटौती गर्न सहमत भएको हो । 

सन् २०२१ मा एल साभल्भाडोर विट्क्वाइनलाई कानूनी मुद्राको मान्यता दिने विश्वको पहिलो देश बनेको थियो । व्यवसायहरूलाई बिट्क्वाइनमा भुक्तानी स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णय गर्न दिइएकोले बिट्क्वाइन अपनाउँदाको जोखिम केही कम भएको पनि आईएमएफले भनेको छ ।

Read More