४ हजार ६१ विदेशी पर्यटक उपल्लो मुस्ताङमा


४ हजार ६१ विदेशी पर्यटक उपल्लो मुस्ताङमा

जोमसोम : सन् २०२४ को डिसेम्बर सुरुसम्ममा ४ हजार ६१ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२३ को बाह्र महिनामा ३ हजार ४८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको   भ्रमण गरेका थिए ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा उपल्लो मुस्ताङ पर्यटकीय संख्या वृद्धि भएको भएपनि गतवर्षको तुलनामा यसवर्षको औसत प्रतिशत शून्य दशलव ७१ प्रतिशतले कम हो । सन् २०२३ मा उपल्लो मुस्ताङमा भ्रमण गर्ने कुल विदेशी पर्यटकको तुलनामा सन् २०२४ मा  १४ दशमलव २० प्रतिशतले वृद्धि भएको हो ।

Read More