काठमाडौं: दुबईमा ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र नेपालकै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सहकार्य गर्दै नयाँ रेमिटेन्स सेवा सुरु गरेका छन्। यो सेवाको माध्यमबाट दुबईमा रहेका नेपालीहरुले आफ्ना परिवार र आफन्तलाई नेपालमा सहजै पैसा पठाउन सक्ने भएका छन्।
यो सम्झौता कार्यान्वयनसँगै, नेपालभर सिटी एक्सप्रेससँग आबद्ध २५ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत रकम भुक्तानी लिन सकिनेछ। साथै, पठाइएको रकम जुनसुकै बैंक खातामा जम्मा गर्न वा मोबाइल वालेटमा लोड गर्न पनि सम्भव हुनेछ।
सहकार्यले विदेशमा रहेका नेपालीहरुलाई सहज, गुणस्तरीय र विश्वसनीय विप्रेषण सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले बिगत १८ वर्षदेखि संसारभरका नेपालीलाई सेवा दिँदै आएको छ। हालै कम्पनीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै सिटी पे वालेट सेवा पनि सुरु गरेको छ, जसबाट अनलाइन रेमिटेन्स भुक्तानी लिन सकिन्छ।
यो नयाँ सहकार्यले नेपालका लाखौं परिवारलाई आर्थिक पहुँचमा सहजता पुर्याउने विश्वास गरिएको छ।


