काठमाडौँ — घरजग्गा कारोबारबाट मंसिर मात्रै ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व उठेको छ । जुन चालु आर्थिक वर्षयताकै उच्च हो ।
यसअघि साउनमा ३ अर्ब ८३ करोड ५० करोड रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो ।

