उच्च अदातलको फैसलाले दुर्गा प्रसाई थप समस्यामा, बैंक तथा वित्तीय संस्थालाई राहत


उच्च अदातलको फैसलाले दुर्गा प्रसाई थप समस्यामा, बैंक तथा वित्तीय संस्थालाई राहत

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गरिरहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईं एकपछि अर्काे गर्दै संकटमा पर्न थालेका छन् । उनले कुमारी बैंकविरुद्ध अदालतमा दायर गरेको रिट मंगलबार खारेज भएको छ ।

बैंकले ऋण असुलको लागि ताकेता गरेपछि त्यसको विरुद्ध प्रसाईंले आफ्ना कर्मचारी टीकाराम अधिकारीमार्फत २०८० असार ८ गते उच्च अदालत विराटनगर, इलाम इजलासमा रिट दायर गरेका थिए । अदालतका न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले अधिकारीले दिएको रिट खारेज गरेको हो । यससँगै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रसाई र उनका कम्पनीहरुले लिएको ऋण असुलीको बाटो खुलेको छ ।

Read More