सहकारीको रकम हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लेखक


सहकारीको रकम हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलन गर्ने कोहीले उन्मुक्ति नपाउने बताएका छन्। बुधबार रुपन्देहीमा लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको जिकिर गरे। मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदूरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उनले बताए। 

Read More