अहिले बैंकहरूमा ६ खर्ब रूपैयाँभन्दा अधिक तरलता छ। बैंकहरूबाट कर्जा लगानी बढ्न नसकेकाले प्रणालीमा अधिक तरलता देखिएको हो।
अर्थतन्त्र शिथिल भएसँगै बैंकरहरूले कर्जा प्रवाहमा थप सर्तकता अपनाउन थालेकाले पर्याप्त रकम हुँदाहुँदै पनि कर्जा जान सकिरहेको छैन।
'अर्थतन्त्र शिथिल भएको समयमा जोखिम बढी नै हुन्छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'त्यसैले सम्भावना देखिएका आयोजनाहरू आउँदा मात्रै अहिले बैंकहरूले लगानी गरिरहेका छन्।'
बैंकहरूले अहिले केही क्षेत्रमा थप कर्जा प्रवाह गर्न मानिरहेका छैनन्। केसीले यस्ता क्षेत्र खुलाउन भने चाहेनन्।


