अछामका वृद्धवृद्धा भत्ता लिन सास्ती खेप्दै, बैङ्कको लापरबाहीले १० दिन कुर्न बाध्य


अछामका वृद्धवृद्धा भत्ता लिन सास्ती खेप्दै, बैङ्कको लापरबाहीले १० दिन कुर्न बाध्य

अछाम, पुस ३ गते । मङ्गलवार बिहान ७ बज्नै लागेको बेला पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजार स्थित सुन्तलाबारीमा उमेरले ७० काटेका करिब ५० जना बढी वृद्धवृद्धा जम्मा थिए । बिहान १० बज्दा यो सङ्ख्या एक सय भन्दा बढी पुगेको थियो । नजिकैको माछापुच्छ्रे बैङ्कले भत्ता दिनुभएपछि उहाँहरू त्यो पालो कुर्न बसको बताउनुभयो । 

भत्ता लिन बैङ्क आउनुभएका उहाँहरू १० दिनदेखि यसै गरी जम्मा हुने गरेका छन् । विनायकमा रहेको माछापुच्छ्रे बैङ्कको आन्तरिक समस्याका कारण कारोबार बन्द हुँदा उहाँले आफ्नो खातामा भएको पैसा झिक्न पाएका छैनन् । 

हातमा केही कागजात भएका उहाँहरू मङ्गलवार दिनभर सडक पेटीमै बसेर आँखा नझिम्काई बैङ्कतिर हेरिरहन्थे । बैङ्कबाट पैसा निकालेर आफ्नो गर्जो टार्ने आशामा बैङ्कमा लाइन लाग्ने बृद्धबृद्धाको १० दिन यताको दैनिकी सुन्तलाबारीको सडक पेटीमै बितिरहेको छ । चिसो भुइँमा दिनभर धर्ना बसेर फर्किनेहरू निराश छन् ।

Read More