आर्थिक राशिफल : पुष ३ गते बुधबार, पौष कृष्णपक्ष तृतीया तिथि


आर्थिक राशिफल : पुष ३ गते बुधबार, पौष कृष्णपक्ष तृतीया तिथि

पुष ३ गते बुधबार, पौष कृष्णपक्ष तृतीया तिथि

मेष
खर्च बढ्ने तथा व्यवसायमा अल्पकालीन समस्या देखिने समय रहेकाले सचेत रहनुपर्छ। 
 
वृष
साथीको सहयोग प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। समाजबाट सम्मान प्राप्त हुनेछ।

मिथुन 
काम तथा व्यवसाय मध्यम रहनेछ। अनावश्यक विवादबाट टाढा रहँदा राम्रो हुन्छ।

कर्कट 
व्यापार तथा रोजगारीको क्षेत्रबाट लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

सिंह 
धनको कारोबारमा सतर्क रहनुपर्छ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

कन्या 
लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। प्राविधि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ।

तुला 
बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । व्यापार फस्टाउने छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।

वृश्चिक
अनावश्यक यात्रा तथा विवाद हुन सक्छ। काम गर्ने उत्साहका कमी हुन सक्ने समय छ। 

धनु 
व्यवसायिक काममा उचित समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ ।

मकर 
काम गर्न जाँगर चल्नेछ। उत्साहवर्धक समय छ, आम्दानी बढ्न सक्छ ।

कुम्भ 
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । 

मीन 
बौद्धिक तथा सामाजिक कामको क्षेत्रको काम तथा व्यवसायबाट मध्यम उपलब्धि हासिल हुन सक्छ।