काठमाडौँ । कोरम नपुगेपछि आजपनि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । साढे ११ बजेसम्म सांसदहरू ८ जनामात्रै उपस्थित भएकाले गणक संख्या पुगेन ।
मंगलबार सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो ।
यसअघि सोमबारको बैठक पनि गणक संख्या नपुग्दा स्थगित भएको थियो ।


