४३ मेगावाटको अपर मादी आयोजनाः ६ बैंकले पाँच अर्ब ६८ करोड लगानी गर्ने


४३ मेगावाटको अपर मादी आयोजनाः ६ बैंकले पाँच अर्ब ६८ करोड लगानी गर्ने

कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने निर्णय गरेका छन्। सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा ग्लोबल आइएमई बैंकको सहअगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले उक्त आयोजना निर्माणमा पाँच अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । 

सोमबार काठमाडौंमा आयोजित एक समारोहमा अन्नपूर्ण पावर कम्पनी र बैंकका प्रतिनिधिहरू बीच ऋण सम्झौतामा हस्ताक्षर गरिएको थियो। सम्झौतामा अन्नपूर्ण पावर कम्पनीका सिइओ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने र सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

Read More