माथिल्लो तामाकोशी नआएसम्म औद्योगिक क्षेत्रमा साँझ विद्युत् कटौती हुने, अन्य ग्राहकको भने कटौती नहुने


माथिल्लो तामाकोशी नआएसम्म औद्योगिक क्षेत्रमा साँझ विद्युत् कटौती हुने, अन्य ग्राहकको भने कटौती नहुने

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन शुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ ।

हिउँदयाम शुरुसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नु पर्नेछ । 

चिसोका कारण यही समयमा विद्युत्को माग बढ्ने तर नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नुपर्छ । 

Read More