नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष पदका लागि सहमति जुटेको छ। आजको छलफलपछि अशोक शेरचन उम्मेदवारी छाड्न तयार भएपछि बैंकर्स संघको नयाँ नेतृत्व पनि सहमतिबाटै चयन हुने भएको हो ।अध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दिएका थिए, जसमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनको नाम सामेल थियो। यी दुई उम्मेदवारको बीचमा सोमबार छलफल भएसँगै सहमति जुटेको हो।
नेपाल बैंकर संघका पूर्वअध्यक्ष अशोक राणा, ज्ञानेन्द्र ढुंगाना, वर्तमान अध्यक्ष सुनिल केसी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीचको छलफलमा प्रभु बैंकका सीईओ अशोक शेरचन उम्मेदवारी फिर्ता लिन तयार भएका छन्। यससँगै, सन्तोष कोइराला आगामी अध्यक्ष चयन हुने पक्का भएको छ।


