३० मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ गर्न थालेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको तथा पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण देखाउँदै प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ सुरु गरेको हो ।
अनलाइनखबरले पूर्वको मोरङ–सुनसरी करिडोरदेखि पश्चिमको नेपालगञ्ज–कोहलपुर करिडोरसम्मका उद्योगीहरूसँग गरेको कुराकानीका आधारमा उद्योगहरूमा कम्तीमा साढे ६ घण्टादेखि बढीमा १० घण्टासम्म दैनिक लोडसेडिङ भइरहेको देखिएको छ ।



