मंसिर महिनामा राजस्व संकलनमा उल्लेख्य कमी आएको छ।
चालु आर्थिक वर्षमा कुनै पनि महिनामा राजस्व नघटेकोमा मंसिर महिनामा ११ प्रतिशतले कम संकलन भएको छ। यो गत वर्षको मंसिर महिनासँग तुलना गरिएको हो।
आन्तरिक राजस्व विभाग र भन्सार विभागको तथ्यांक अनुसार मंसिर महिनामा समग्र राजस्व ७६ अर्ब रूपैयाँ संकलन भएको छ। जबकि गत वर्ष मंसिर महिनामा ८६ अर्ब रूपैयाँ संकलन भएको थियो।
गत वर्षकै यिनै महिनासँग तुलना गर्दा साउनमा २०, भदौमा १३, असोजमा ५ र कात्तिकमा ३० प्रतिशतले राजस्व बढेको थियो। तर मंसिर महिनामा भने ११ प्रतिशतले घटेको छ।



