सहकारीका समस्याबारे छलफल गर्न काठमाडौंमा प्रादेशिक गोष्ठी


सहकारीका समस्याबारे छलफल गर्न काठमाडौंमा प्रादेशिक गोष्ठी

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरूको बारेमा छलफल गरी समाधानमा उपाय पहिल्याउनका लागि काठमाडौंमा प्रादेशिक अभिमुखीकरण कार्यक्रम हुने भएको छ । 

सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघको आयोजनामा मंगलवार बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रम हुन लागेको हो ।

सहकारी क्षेत्रको समस्या र समाधानको उपाय पहिल्याउनका लागि सबै प्रदेशमा गोष्ठी गर्न लागिएको र त्यसको शुरुआत बढी संस्था र समस्या देखिएको वागमती प्रदेशबाट गर्न लागिएको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना हुने यस कार्यक्रममा सहकारी सुशासन प्रवद्र्धनमा सरोकारवालाको भूमिका स्पष्ट पार्ने उनको भनाइ छ । 

Read More