काठमाडौं : चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिर) मा सरकारी वित्त डेढ खर्ब रुपैयाँ बढीले घाटामा पुगेको छ । यस अवधिमा सरकारले आर्जन गरेको आम्दानीभन्दा खर्च बढी हुँदा यस्तो अवस्था आएको हो । चालु आवको मंसिर ३० गतेसम्म सरकारको कुल आम्दानी ४ खर्ब ५ अर्ब ७७ करोड ३० लाख रुपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च ५ खर्ब ५६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ छ । यसका आधारमा मंसिर मसान्तसम्म सरकारी वित्त १ खर्ब ५० अर्ब ३४ करोड ४७ रुपैयाँले घाटामा देखिएको हो ।



