आजबाट राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागको सेवा थापाथली कार्यालयबाट


  • Himalayan Bank Limited (HBL)
आजबाट राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागको सेवा थापाथली कार्यालयबाट

काठमाडौँ — नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु गरेका छन् । ०७२ सालको भूकम्पले थापाथलीस्थित कार्यालय भत्किएपछि राष्ट्र बैंकको सबै विभागका सेवा बालुवाटारस्थित कार्यालयमा सरेको थियो ।

अहिले नयाँ भवन निर्माण सम्पन्न भएपछि पहिलो चरणमा बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली स्थानान्तरण गरिएको राष्ट्र बैंकले जनाएको छ । आज (पुस १)देखि बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली स्थानान्तरण गरिने सूचना गत साता नै जारी गरेको थियो ।

Read More