संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन्।
कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको शिष्टाचार एवं बिदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन्।



