कात्तिकमा बजेट शीर्षक बाहिरबाट ७८ करोड भुक्तानी


  • Himalayan Bank Limited (HBL)
कात्तिकमा बजेट शीर्षक बाहिरबाट ७८ करोड भुक्तानी

काठमाडौं :  अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको कार्तिक महिनामा ७८ करोड रुपैयाँ बराबरको आर्थिक सहायता, थप निकासा, रकमान्तर तथा स्रोत सहमति दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट शीर्षक बाहिरबाट सो बराबर भुक्तानी दिएका हुन् । कात्तिक महिनामा सरकारले १० लाख आर्थिक सहायता, ६७ करोड ४१ लाख थप निकासा तथा १० करोड ७९ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

Read More