पुष महिनाका लागि कुन बैंककाे ब्याजदर बढ्याे कुन बैंककाे घट्यो ?


  • Himalayan Bank Limited (HBL)
पुष महिनाका लागि कुन बैंककाे ब्याजदर बढ्याे कुन बैंककाे घट्यो ?

काठमाडौं। वाणिज्य बैंकहरूले पुष १ गतेदेखि लागु हुने गरी ब्याजदरको सूचना प्रकाशित गरेका छन्। संचालनमा रहेका २० वटा वाणिज्य मध्य १४ वाणिज्य बैंकहरूले पुस महिनामा पनि मंसिर महिनाको मुद्दति निक्षेप ब्याजदरलाई यथावत राखेका छन्। ३ बैंकहरूले पुस महिनाका लागि ब्याजदर थोरै बढाएका छन् भने ३ बैंकले घटाएर ब्याजदर सार्वजनीक गरेका छन्।

पुष महिनामा धेरै बैंकहरूले ब्याजदर नबढाउनुमा विभिन्न कारणहरूले भूमिका खेलेका छन् । बैंकहरूसँग लगानीयोग्य रकमको प्रचुरता, नीतिगत दर र ब्याजदर करिडोर घटाइनु तथा प्रणालीमा अधिक तरलताको कारण ब्याजदर न्यून स्तरमा पुगेको छ। तर, कर्जा प्रवाह भने सुस्त छ।

ब्याजदर घट्दा कर्जा लिनेहरूलाई फाइदा भए पनि निक्षेपकर्ताले घाटा बेहोर्नुपर्छ। यसले लगानीको वातावरण सुधार्न मद्दत गर्ने देखिए पनि डेढ वर्षदेखिको गिरावटपछि पनि कर्जा प्रवाह सुस्त अवस्थामा नै छ।

पुष १ गतेबाट लागु हुने वाणिज्य बैंकहरूको नयाँ ब्याजदर : कुन बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर कति छ?

 

बैंकको ब्याजदर सूचना

ब्याजदर (मंसिर)

ब्याजदर (पुष)

फरक

राष्ट्रिय वाणिज्य बैंक

६%

६%

स्ट्यान्डर्ड चार्टर्ड बैंक

६.२५%

६.२५%

नबिल बैंक

५.७५%

५.७५%

लक्ष्मी सनराइज बैंक 

५.५०%

५.५०%

कुमारी बैंक

५.९१%

५.९१%

माछापुच्छ्रे बैंक

६%

६%

ग्लोबल आइएमई बैंक

५.७५%

५.७५%

सिटिजन्स बैंक

५.६५%

५.६५%

कृषि विकास बैंक

५.५३%

५.५७%

०.०४%

प्राइम कमर्सियल बैंक

५.७५%

६.२५%

०.५०%

एनएमबि बैंक

५.५७%

६.६०%

१.०३%

एनआइसी एशिया बैंक 

६.७९%

६.६०%

-०.१९%

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

६.५०%

६.५०%

०%

सानिमा बैंक 

६.१५%

६.०५%

-०.१०%

एभरेष्ट बैंक  

६%

६%

०%

सिद्धार्थ बैंक 

६%

६%

०%

नेपाल एसबीआई बैंक

६%

६%

०%

नेपाल बैंक 

५.९५%

५.६०%

-०.३५%

प्रभु बैंक

६.१०%

६.१०%

०%

हिमालयन बैंक

६.२५%

६.२५%

०%

 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आगामी एक महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गर्न नपाइने शर्तमा अघिल्लो महिनाको अन्तिम दिनभित्र ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम लागू गरिएको छ। यसै अनुरूप वाणिज्य बैंकहरूले आफ्ना ब्याजदर तालिका सार्वजनिक गरेका छन्।

हालका दिनहरूमा बैंक र वित्तीय संस्थाहरूले अपेक्षाअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन्, जसले गर्दा ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने रणनीति अपनाएको देखिन्छ। केन्द्रीय बैंकले फागुन १ गतेदेखि स्थायी निक्षेप सुविधा (एसडीएफ) सुरु गरेपछि, बैंकहरूले बचतको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्दै आएका छन्। यसअनुसार, केन्द्रीय बैंकले यस्तो निक्षेपका लागि बैंक र वित्तीय संस्थाहरूलाई ३ प्रतिशत ब्याजसमेत दिने व्यवस्था गरेको छ। एसडीएफ भन्दा कम ब्याज दिने बैंकहरूले यो सुविधा पाउने छैनन्।

बैंक र वित्तीय संस्थाहरूले औसतमा अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्र ब्याजदर घटाउन वा बढाउन पाउने नियम छ। केन्द्रीय बैंकले संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर  व्यक्तिगत मुद्दती निक्षेपमा भन्दा कम्तीमा १ प्रतिशत कम गर्न अनुमति दिएको छ, जसको पहिलेको सीमा २ प्रतिशत थियो। यस्तै, रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीभन्दा १ प्रतिशत बढी ब्याज दिन सक्छन् ।