काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट मेनुका कार्कीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।
कार्कीले १०० मत ल्याएर अध्यक्ष पद जित्दा उनका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँले ८७ मत प्राप्त गरे। उपाध्यक्षमा प्रमिला खतिवडा (१०४ मत) र निरोजकुमार थापा (९३ मत) निर्वाचित भए। महासचिवमा निकेश खत्रीले ११२ मतसहित विजय प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत पाए।
सचिवमा राजाराम न्यौपाने १२६ मतका साथ विजयी भए भने कोषाध्यक्षमा मिलन विश्वकर्मा १०२ मतसहित निर्वाचित भए।
सदस्यमा अनिश मिजार (१२०), अनुप आचार्य (११८), सीआर भण्डारी (११६) र शुक्र गिरी (१०७) निर्वाचित भएका छन्। आशुतोष अर्यालले ९२ मत ल्याए पनि पराजित भए।
इन्द्र बानियाँको समूहबाट प्रमिला खतिवडाले मात्र जित निकाल्न सफल भइन्।



