रघुगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने


  • Himalayan Bank Limited (HBL)
रघुगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

यसका लागि कम्पनीले पुस २२ गते रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Read More