आयल निगमले बनाउँदैछ १२ अर्बको डिपो, यत्रो खर्च किन?


  • Himalayan Bank Limited (HBL)
आयल निगमले बनाउँदैछ १२ अर्बको डिपो, यत्रो खर्च किन?

नेपाल आयल निगमले करिब १२ अर्ब रूपैयाँ खर्च गरेर तीन ठाउँमा नयाँ डिपो बनाउने तयारी गरेको छ।

काठमाडौंको सिनामंगल, भैरहवा र धनगढी डिपो सार्नुपर्ने भएकाले नयाँ बनाउन लागिएको हो। सिनामंगल र भैरहवा डिपो सार्न जग्गा व्यवस्था भइसकेको छ। धनगढीमा भने जग्गा प्राप्तिको काम अघि बढिरहेको छ, तर टुंगो लागेको छैन।

निगमका उपनिर्देशक प्रदीप यादवका अनुसार सिनामंगल डिपो गुह्येश्वरीमा सारिनेछ। त्यहाँ नागरिक उड्डयन प्राधिकरणको ५० रोपनी जग्गामा नयाँ डिपो बन्नेछ। भैरहवाको भलवारी डिपो ओमसतिया गाउँपालिका-५ र रोहिणी गाउँपालिका-३ मा रहेको २३ बिघा जग्गामा सारिनेछ। यहाँ निगम आफैले जग्गा किनेको छ।

Read More