नेपाल स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत


  • Himalayan Bank Limited (HBL)
नेपाल स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत

नेपाल स्काउटसँग जोडेर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको चरित्रहत्या गर्नेगरी विभिन्न सञ्चार माध्याम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामाग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित  र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गरी उर्जामन्त्री खड्कालाई जोडेर व्यक्तिगत लाञ्छना लगाउने एवम् व्यक्तिगत चरित्रमाथि समेत प्रहार गर्ने नियोजित उदेश्यले भ्रामक एवम् तथ्यहिन समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको बताइएको हो ।

“उर्जामन्त्री खड्का विगत दुई बर्षदेखि खड्का ल्याण्ड डेभलप्मेण्ट प्रालिसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ, तथ्य नबुझीकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ,”–संयुक्त विज्ञप्तीमा भनिएको छ ।

Read More