काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो चार महीनामा ५ खर्ब २१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको पहिलो चार महीनाको तुलनामा यो आवको सोही अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पहिलो चौमासमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड थियो ।



