काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेस गर्ने भएको छ । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ । म्याद लिन बिहीबार रविसहितका ५ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइँदै छ ।
सहकारी ठगी प्रकरण
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै मुद्दा दर्ताका लागि राय प्रतिवेदन तयार गरि“दै छ । २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेसँग सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरण’bout बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलन’bout बयान लिइएको थियो ।



