काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले घरजग्गा (रियल स्टेट)मा लगानी बढाएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० ओटा वाणिज्य बैंकले चालू आर्थिक वर्ष (आव)को चार महीनामा घरजग्गामा रू. २ खर्ब २५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको साउन-कात्तिकसम्मको तुलनामा ६ दशमलव ६५ प्रतिशतले बढी हो । सो अवधिमा यी बैंकहरूले घरजग्गामा कुल रू. २ खर्ब ११ अर्ब ८९ करोड कर्जा प्रवाह गरेका थिए ।



