नेपाल बैंकर्स संघमा १४ वर्षपछि निर्वाचनबाट अध्यक्षको चयन हुने भएको छ।
पुस ३ गते हुने संघको साधारण सभाले अध्यक्ष चयन गर्ने छ।
विगतदेखि सर्वसम्मतिमा अध्यक्ष चयन हुने गरेकोमा यसपटक चुनाव हुने देखिएको हो।
अध्यक्ष पदको लागि हुने चुनावमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्।



