चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात


  • Himalayan Bank Limited (HBL)
चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । भन्सार विभागका अनुसार चार महिनामा १२ लाख ६ हजार २५० किलो अलैंची निर्यात भएको हो । 

गत आर्थिक वर्षको चार महिनाको तुलनामा २५ करोड ४९ लाख ६२ हजार रुपैयाँले कम हो । गत वर्षको पहिलो चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । विभागका अनुसार उक्त अवधिमा १७ लाख ३७ हजार ११० किलो अलैंची निर्यात भएको थियो ।

Read More