रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण


  • Himalayan Bank Limited (HBL)
रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको हिस्सा हो । यो रकम अक्टोबरमा जी–७ उन्नत अर्थतन्त्रहरूले अन्तिम रूप दिएको ५० अर्ब डलरको नयाँ ऋणको महत्त्वपूर्ण हिस्सा हो । 

यसको उद्देश्य मस्कोको जारी आक्रमण विरुद्ध लड्न संघर्ष गरिरहेको बेला किएभलाई मद्दत गर्नु हो । जनवरीमा राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि युक्रेनी पक्षमा अमेरिकी समर्थनको भविष्यबारे प्रश्नहरू उठ्दा यी कोषहरू अत्यन्त महत्त्वपूर्ण समयमा आएका छन् । 

Read More