नेपालमा लगानीका लागि वातावरण सिर्जना हुँदै गएको छ : पौडेल


  • Himalayan Bank Limited (HBL)
नेपालमा लगानीका लागि वातावरण सिर्जना हुँदै गएको छ : पौडेल

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा पौडेलले सार्वभौम क्रेडिट रेटिङमा नेपालले विश्व समूदायमा नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना भएको सन्देश गएको समेत बताएका हुन्।

उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढेपनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे। राजस्व छुटका बिषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ।

Read More