यी ४ कारणले समयमा पूरा भएन ३३ अर्ब लागतको भेरी-बबई डाइभर्सन


  • Himalayan Bank Limited (HBL)
यी ४ कारणले समयमा पूरा भएन ३३ अर्ब लागतको भेरी-बबई डाइभर्सन

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ २०७६ वैशाख ३ गते 'ब्रेक थ्रु' भएको थियो। राष्ट्रिय गौरवको यो आयोजना तोकिएकै मितिमा पूरा हुने अपेक्षा गरिएको थियो।

सुर्खेतको भेरीगंगास्थित बबईतर्फको हात्तिखालदेखि भेरीतर्फको चिप्लेसम्मको १२.२ किलोमिटर सुरूङ टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरेर खनिएको थियो। नेपालमा अत्याधुनिक टिबिएम प्रयोग भएको यो नै पहिलो आयोजना हो।

सुरूङ निर्माण गर्ने चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले सम्झौता मिति अगावै काम सकेको थियो। २०७४ कात्तिक २० गतेदेखि सुरूङको काम सुरू गरेको निर्माण कम्पनीसँग २०७६ चैत १५ सम्म काम सक्ने सम्झौता थियो। तर कम्पनीले एक वर्षअघि नै सरकारलाई सुरूङ हस्तान्तरण गरेको थियो।

Read More