आन्तरिक राजश्व विभागले थप्यो आयकर बुझाउने म्याद, अब पुस मसान्तसम्म समय


  • Himalayan Bank Limited (HBL)
आन्तरिक राजश्व विभागले थप्यो आयकर बुझाउने म्याद, अब पुस मसान्तसम्म समय

काठमाडौं :  आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०–०८१ को आयकर दाखिलाको म्याद थप गर्दै करदातालाई पुस मसान्त भित्र आयकर दाखिला गर्न आग्रह गरेको । विभागले एक सूचना निकाल्दै  निजी क्षेत्रका विभिन्न व्यवसायिक/व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेस गर्ने म्याद २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध आएकाले म्याद थप गरेको जनाएको छ । 

आयकर ऐनको दफा ९६ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको ३ महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ । सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने व्यक्तिको आग्रहमा विभागले एकैपटक वा पटक–पटक गरी बढीमा ३ महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।

Read More