चीनसँगको बीआरआई फ्रेमवर्कमा अमेरिकाले खोज्यो पारदर्शिता


  • Himalayan Bank Limited (HBL)
चीनसँगको बीआरआई फ्रेमवर्कमा अमेरिकाले खोज्यो पारदर्शिता

२५ मंसिर, काठमाडौं । काठमाडौंबाट स्वदेश फर्किनुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार साँझ नेपाली सन्चारकर्मीसँग खुलस्त संवाद गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै बेइजिङमा अघि बढाएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे सोधिएका जिज्ञासा समाधान गर्ने क्रममा उनले भने, ‘हामी स्वतन्त्र ढंगले लिइने निर्णयमा विश्वास गर्छौं, र त्यसमा (बीआरआई फ्रेमवर्क) सम्झौतामा के छ भन्ने कुरामा पारदर्शिता अपनाइएको छ भन्ने हाम्रो विश्वास र अपेक्षा छ ।’

लुले बीआरआई फ्रेमवर्क सम्झौताले नेपालको हित, पारस्पारिक सम्मान र सम्प्रभुतामा आधारित रहोस् भनेर आफूहरुले चाहेको अर्थपुर्ण संकेत पनि गरे । ‘हामीले बीआरआईको आधिकारिक दस्तावेज त देखेका छैनौं,’ उनले अर्को टिप्पणी गरे, ‘यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्पारिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरौं ।’

Read More