सिमेन्टको भाउ निरन्तर बढेपछि व्यापारी र ग्राहक दुवै मर्कामा परेका छन्।
एकातिर भाउ बढ्ने, अर्कातिर भनेका बेला नपाइने भएपछि सिमेन्टको आपूर्ति शृंखला खलबलिएको व्यापारीहरूले बताएका छन्।
विगत १२ वर्षदेखि ललितपुरको इमाडोलमा आइपी इन्टरप्राइजेज हार्डवेयर पसल चलाउँदै आएका पुष्प आचार्यले सिमेन्ट व्यापारमा अहिलेजस्तो समस्या कहिल्यै नभोगेको बताए।
'सिमेन्ट उद्योगहरूले उत्पादन कम गरेर भाउ बढाइरहेका छन्। उत्पादन कम हुँदा व्यापारीले माग अनुसार पाउन सकेका छैनन्,' उनले भने, 'उद्योगले भाउ बढाएको बढायै गर्छन्, ग्राहक हामीसँग रिसाउँछन्। व्यापार गरेर खानै नसकिने भइयो।'



