आर्थिक राशिफल : २५ गते मङ्गलबार, मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : २५ गते मङ्गलबार, मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि

आज मङ्सिर २५ गते मङ्गलबार, मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि

मेष
अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

वृष 
आयात-निर्यात, बैङ्किङ्ग, आदि क्षेत्रबाट राम्रो लाभ लिन सक्ने समय छ। 

मिथुन 
काममा उपलब्धि प्राप्त हुने समय छ। व्यवसायमा नाफा हुनेछ। 

कर्कट
सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

सिंह
स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा पनि कमी आउन सक्ने भएकाले सकारात्मक रहनुपर्छ।  

कन्या
यात्रा लाभदायक हुन सक्छ। व्यवसायमा साझेदारप्रति विश्वासको वातावरण बन्नेछ।  

तुला
दीर्घकालीन रुपमा फाइदा हुने काममा श्रम तथा धनको लगानी गर्ने समय छ। 

वृश्चिक
नयाँ कार्यको योजना बन्नेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

धनु
लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मकर
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । जोशजाँगर र हिम्मत बढ्नेछ ।   

कुम्भ
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कृत्यमा सहभागी बन्नु पर्नेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ ।

मीन
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ ।