काठमाडौं : राजस्व चुहावट तथा कर छलीलाई न्यूनीकरण गर्न बजार अनुगमन तथा गस्ती परिचालनमा जोड दिएर नक्कली/झूटो कारोबारलाई नियन्त्रण गर्ने भएको छ। आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच आइतबार भएको अन्तर विभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो।
आन्तरिक राजस्व विभागमा भएको उक्त बैठकले राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर छलफलसँगै उक्त निर्णय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरेको छ। जसअनुरूप अब उक्त निर्णय कार्यान्वयन भएमा नक्कली तथा झूटो कारोबारलाई नियन्त्रणमा आउने भएका छन्।



