काठमाडौँ — कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कुनै पनि व्यवसायीले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाउँदैनन् । यसभन्दा बढी मुनाफा लिए स्वतः कालोबजारी ऐन आकर्षित हुन्छ ।
र, कालोबजारी गरेको कसुरमा व्यवसायीलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । तर वस्तुको प्रत्यक्ष बिक्रीका नाममा खुलेका नेटवर्किङ कम्पनीले सर्वसाधारणलाई सामान बिक्री गर्दा बिक्रीकै ४२ प्रतिशतसम्म मुनाफा लिने गरेका छन् ।


