काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक रूपमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार पनि ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको छ ।
बैंकिङ प्रणालीमा अधिक रूपमा लगानीयोग्य रकम थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सरकारको ट्रेजरी बिल र ऋणपत्रमा पनि अधिक लगानी गर्न थालेका छन् । बजारमा कर्जाको माग घट्न थालेसँगै सीडी रेसियो ८० प्रतिशत पनि पु-याउन नसकेपछि बैंकहरू लगानीको खोजीमा छन् । अहिले बैंकहरूमा ७ खर्ब रुपैयाँभन्दा बढीको अधिक तरलता रहेको छ ।



