राष्ट्र बैंकले वेवास्ता गरेपछि ‘सहकारी नियमन आयोग’ गठन गर्दै सरकार, सहकारी विकास वोर्ड विघटन हुने


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकले वेवास्ता गरेपछि ‘सहकारी नियमन आयोग’ गठन गर्दै सरकार, सहकारी विकास वोर्ड विघटन हुने

सरकारले बचत तथा ऋण सहकारीहरूको नियमन गर्न ‘सहकारी नियमन आयोग’ गठन गर्ने भएको छ । त्यसको लागि राष्ट्रिय सहकारी विकास बोर्डलाई विघटन गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका एक अधिकारीका अनुसार गठन गर्न लागिएको सहकारी नियमन आयोगलाई ५० करोड रुपैयाँभन्दा बढी शेयर पूँजी वा कारोबार भएका सहकारी संस्थाको नियमन, निरीक्षण र सुपरिवेक्षणको जिम्मेवारी दिइने भएको छ । ५० करोडभन्दा तलका सहकारीको नियमन र अनुगमनको लागि भने सहकारी विभागलाई थप अख्तियारी दिइने तयारी गरिएको छ ।

यस अघि गत चैत्रमा नेपाल राष्ट्र बैंक र सहकारी ऐन संशोधन गरि अहिले ५० करोड रुपैयाँभन्दा बढीको शेयर पूँजी वा कारोबार भएको संस्थाको नियमन, निरीक्षण र सुपरिवेक्षण गरी राष्ट्र बैंक ऐनअनुसार कारबाही गर्ने अधिकार राष्ट्र बैंकलाई दिइएको थियो । तर, अहिलेसम्म राष्ट्र बैंकले उक्त ऐनअनुसार अनुगमन गर्न चासो देखाएको छैन । त्यसबारेमा मन्त्रालयले पटक पटक राष्ट्र बैंकको नेतृत्वसँग छलफल गरे पनि राष्ट्र बैंकले सहकारीको अनुगमन गर्न चासो नदिएपछि नयाँ नियमनकारी निकाय गठन गर्नु पर्ने वाध्यता परेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Read More