काठमाडौँ । सरकारले रसुवा र तातोपानी भन्सार कार्यालयबाट मालवस्तु आयात गरी सुख्खा बन्दरगाह चोभारमा लैजाने आयात कर्ताका लागी रुट तोकिदिएको छ ।
भन्सार विभागको मंसिर २१ गतेको निर्णय अनुसार यी दुई नाकाबाट आन्तरिक परिवहन गरी चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा ल्याउन चाहने पैठारीकर्ताको लागि रुट तोकेको हो ।
रसुवा भन्सार कार्यालयबाट आयात गर्ने आयात कर्ताले टिमुरे–स्याफ्रुवेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलङ्की–बल्खु हुँदै चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा पुग्न सकिने जनाएको छ ।



