साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडेलमा बनाइने, लगानी आह्वान


  • Himalayan Bank Limited (HBL)
साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडेलमा बनाइने, लगानी आह्वान

२३ मंसिर, काठमाडौं । ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाइने भएको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिडेटले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ ।

Read More