बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित


  • Himalayan Bank Limited (HBL)
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

गलकोट (बागलुङ), मङ्सिर  २३ गते । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।

सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उहाँले सुन्तला खरिदबापत एकमुष्ट रु १२ लाख किसानलाई बुझाएको बताउनुभयो । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिनुभयो । “सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर रु दुई–चार लाख कमाइन्छ”, तामाङले भन्नुभयो, “किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।”

Read More