उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बाै रुपियाँ भुक्तानी पाउन सकेका छैनन् ।
गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुको दावी छ । त्यो अवस्थामा अर्थमन्त्री पौडेलले एक साता भित्र निर्माण व्यवसायीको भुक्तानी पर्र्छाैट हुने बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।


