काठमाडौं : सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निमार्णका लागि लगानी जुटाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरेको छ । यी २ आयोजनाको विद्युत उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
किमाथांका अरुण अर्धजलासय आयोजनाको विद्युत उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको छ । यो आयोजना निमार्णका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ । यो आयोजना निमार्णका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यी २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।



