एक करोड मूल्य बढीको सुनचाँदी र नगदसहित तीनजना पक्राउ


  • Himalayan Bank Limited (HBL)
एक करोड मूल्य बढीको सुनचाँदी र नगदसहित तीनजना पक्राउ

काठमाडौं : कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट  एक करोडभन्दा बढीको सुन,चाँदी र विदेशी मुद्रासहित तीनजना पक्राउ परेका छन् ।  सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार शनिबार राति पक्राउ परेका हुन्।

Read More