सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन


  • Himalayan Bank Limited (HBL)
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

२१ मंसिर, कास्की । २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ ।

आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले जानकारी दिए ।

Read More